एनआइसीमा नसकेपछि एनएमबीको एटिएमबाट दुईबाकस पैसा चोरी
कास्की | साउन ५, २०७९
पोखरा: पोखरा महानगरपालिका २६ अर्घौचोकस्थित रहेको एनएमबी बैंकको एटिएमबाट पैसा चोरी भएको छ ।
कास्की प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरिक्षक सुन्दर तिवारीका अनुसार गत बुधबार बिहान पौने २ बजे एटिएम भित्रको दुइवटा पैसाको बाकस चारी भएको हो । फरार व्यक्तिको खोजिकार्य तिव्र पारेको बताउदै तिवारीले भने, ‘अनुसन्धान भइरहेको छ ।’
प्रहरी स्रोतका अनुसार उक्त एटिएममा बैंकले १५ लाख राखेको थियो भने सो मध्ये केही रकम सेवाग्राहीले झिकेका थिए भने बाँकी रकम अज्ञात व्यक्तिले लगेको बताइएको छ ।
कास्की प्रहरीका अनुसार एटिएमको बाकस अघौंचोकपछाडी रहेको बिचारी चौतारीमा फेला परेको थियो । ‘बैंकको सिसिटिभी फुटेज हेर्दा अचम्मै छ । केही समयमै झिकेर लगेको देखिन्छ, एक प्रहरी अधिकारीले भने, ‘त्यसमा केही बल प्रयोग गरेको र तोडफोड गरेको देखिदैंन ।’
उनका अनुसार उक्त घटना रातको २ बजे भएपनि प्रहरीलाई सुचना बिहान ७ बजे मात्रै आएको थियो ।
तर यसअघि सोही व्यक्तिले तालचोकस्थित रहेको एनआइसी एसिया बैंकको एटिएममा चोरी गर्ने प्रयास गरेका थिए । बैंकबाट तत्काल प्रहरीलाई खबर गरेपछि ३ मिनेटमै प्रहरी पुगेको थियो । त्यसपश्चात बुलेट मोटरसाइकरलमा रहेको व्यक्त फरार भएका थिए ।
त्यसको केही समयपश्चात एनएमबी बैंकको एटिएमबाट पैसा चोरी भएको थियो । तर प्रहरीलाई भने भोलिपल्ट मात्रै सुचना पुगेको कास्की प्रहरीले बताइएको छ ।
सो घटनाको विषयमा सबैचोक र बैंकको सिसिटिभिी फुटेज संकलन र संकास्पद व्यक्तिलाई नियन्त्रणमा लिइ सोधपुछ गरिरहेको इलाका प्रहरी कार्यालय डाँडाकोनाकले जनाएको छ । गतहप्ता पोखरा ८ न्यूरोडस्थित एनआइसी एसया बैंकको एटिएम फोड्ने सिताराम पुन पक्राउ परिसकेका छन् ।
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

